उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा

उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा

शिव श्रेष्ठ, नायक

जीवन कस्तो लाग्छ, कहाँबाट सुरु भो तपाईंको जीवन ?

जीवन राम्रो अनि अचम्मको छ। मेरो जीवनमा चलचित्र जीवन रेखाको ठूलो महत्त्व छ, जसका कारण नै म शिव श्रेष्ठ भएँ।

पहिलो प्रेमिकाको नाम ?

मेरो पहिलो चलचित्र जीवन रेखा अनि मेरो पहिलो फिल्मी प्रेमिका उमा, त्यसमा मेरी नायिकाको नाम उमा।

तपाईं र तपाईंकी श्रीमतीबीच उमेरको ग्याप छ जस्तो लाग्दैन ?

किन लाग्नु नि, ठूलो कुरा प्रेम हो, हामीबीच अथाहा प्रेम छ, जहाँ प्रेम छ त्यहाँ उमेरको के कुरा र .....?

विवाह कतिवटासम्म गर्न सकिन्छ ?

जसको जोसँग जति भोग छ त्यति नै हुन्छ, यतिवटा-उतिवटा भन्ने कुरा हाम्रो वशमा छैन, भगवान् भरोसा।

जीवनमा प्रेम बाँडेर बाँच्न कसको कृपा छ जस्तो लाग्छ ?

साइराम, भगवान्को कृपा छ। विश्वास गर्नुपर्छ, सबैलाई प्रेम गर्नुपर्छ।

तपाईं कस्तो हुनुहुन्छ ? उमेरको हदमा ?

म भर्खरकै सम्झन्छु आफूलाई। म स्वस्थ छु, मैले आफूलाई सधैं उस्तै देखिन हिरो भनेको पनि सुनेको छु।

पहिलो किस वा चुम्बनको सम्झना छ ?

पक्का पनि पहिलो किस श्रीमतीलाई।

ह्वाट इज सेक्स ?

यो प्रेमको प्रतीक हो। प्रेम भएपछि मात्र यो हुन्छ, नत्र हुँदैन।

हनिमुन किन गइन्छ ?

एक-अर्कामा प्रेम भएपछि विवाह हुन्छ अनि त्यो प्रेम अभिव्यक्त गर्न हनिमुन मनाइन्छ।